Logo

जनकपुरबाट हवाई इन्धन



काठमाडौं । नेपाल आयल निगमले जनकपुरमा हवाई इन्धन भर्न रिफ्युलिङ संचालनमा ल्याएको छ ।विमानस्थलबाट रात्रीकालिन सेवालाई लक्षित गर्दै रिफ्युलिङ सेवा सुरु गरेको निगमले जानकारी दिएको छ ।

जनकपुर उडान गर्ने जहाजले यसअघि भने काठमाडौंमा नै इन्धन भर्नु पर्ने अवस्था रहेको थियो । तर अब भने उक्त सेवा जनकपुरमानै उपलब्ध भएको छ । उक्त रिफ्युलिङको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरेका हुन । जनकपुर विमानस्थलमा १६ हजार लिटर क्षमताको रिफ्युलिङ मेसिन राखिएको निगमले जानकारी दिएको छ ।

निगमका अनुसार सेवा सुरु भएपछि प्रदेश नम्बर २ मा रात्रीकालिन सेवा सुरु गर्न जहाजलाई सहज इन्धन भर्न सहज भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot