Logo

मालपोत अधिकृत ५९ हजार घुस रकम सहित रङ्गेहात पक्राउ



कास्की । मालपोत कार्यालयका अधिकृत विनाश कुँवरलाई घुस लिईरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको छ । उनले रजिष्ट्रेशन पास गर्न नियमानुसार आवश्यक सबै कागजात प्रमाणसहित पेश गर्दा पनि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस माग गरेको उजुरीको आधारमा छानविन गर्दा ३ भदौमा पक्राउ गरेको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले कुँवरलाई सेवाग्राहीसँग ५९ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा पोखरा महानगरपालिका वडा नं ७ मुस्ताङ्ग चोक नजिकैबाट नियन्त्रणमा लिएको जनाइएको छ । उनीमाथि अख्तियारले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot