Logo

‘इन्सा अल्हा’ मा सलमानको ठाँउलिए शाहरुखले



काठमाडौं । बलिउड फिल्म ‘इन्सा अल्लाह’मा अभिनेता सलमान खानले अभिनय नगर्ने भएका छन । सञ्जय लीला भन्सालीको निर्देशनमा बन्ने फिल्मबाट सलमानले एकाएक पछिहटेपछि अर्काे सुपरस्टार शाहरुख खानले चान्स पाउने भएको छ ।

भारतिय सञ्चार माध्ययमले जनाए अनुसार सलमानले ‘इन्सा अल्लाह’बाट टाढिएपछि उनको ठाउँमा चर्चित अभिनेता शाहरुख खानले अभिनय गर्ने पक्का पक्की जस्तै भएको जनाइएको छ ।

सेप्टेम्बर अन्तिमबाट सुटिङको तायरी पुरा भएको फिल्मबाट बिचैमा सलमानले एकाएक फिल्मबाट हात झिकेका हुन्, केही कुरामा सहमति हुन नसकेपछि सलमान र भन्सालीबीच सहकार्य टुट्न गएको जनाइएको छ । फिल्ममा नायिकाको रुपमा भने आलियाले नै देखिने छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot