Logo

दशैको अग्रिम टिकट बुकिङ खोल्ने तयारी



काठमाडौं । यातायात व्यवस्था विभागले दशैँमा टिकट अग्रिम बुकिङका बारेमा छलफल गर्न यातायात व्यवसायीहरूलाई छलफलका लागि बोलाएको छ ।विभागमा भोली बुधबार छलफल हुन गैरहेको छ । यातायात व्यवस्था विभागले भदौ २५ गतेबाट टिकट अग्रिम बुकिङका लागि प्रस्ताव तयार पारेको छ ।

यातायात व्यवसायीहरूले सहमति जनाए भदौ २५ गतेबाट टिकटका लागि बुकिङ खुल्नेछ ।यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ खोल्नु अगाडि सार्वजनिक यातायातमा वैज्ञानिक भाडा हुनु पर्ने माग राखेका छन । २०६९ सालपछि सार्वजकि यातायातमा वैज्ञानिक रुपमा भाडा समायोजन भएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot