Logo

“मिसन मंगल” को कमाइ कति



अभिनेता अक्षय कुमार स्टारर फिल्म “मिसन मंगल” ले २ अर्ब ८६ करोड ७० लाख कमाएको छ । यो रेकर्ड रिलिजको दिनदेखि अहिलेसम्मको हो । यस फिल्मले रिलिजको दिन २९ करोड १६ लाखको व्यापार गरेर बलिउड फिल्म २०१९ को सबैभन्दा ठूलो दोस्रो ओपनिङ्ग गरेको थियो । अक्षयले फिल्मको सफलता र कमाइबारे ट्वीट गर्दै जानकारी दिएका हुन् ।

जगन शक्ति निर्देशित उक्त फिल्म १५ अगस्टदेखि प्रदर्शनमा आएको थियो । केप अफ गुड फिल्मस् होप प्रोडक्सन, फक्स स्टार स्टुडियो, अरुन भाटिया र अनिल नाइडुको निर्माणमा यो फिल्म ३२ करोडमा बनेको थियो ।

फिल्ममा अक्षय कुमार, विद्या बालन, तपसी पन्नु, सोनाक्षी सिन्हा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई समिक्षक र दर्शक दुबैले मन पराएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot