Logo

“पासवर्ड” लाई “हिरो नम्बर वान” भिलेन



बलिउड अभिनेत्री सन्नी लियोनीको आइटम गीत रहेको नेपाली चलचित्र “पासवर्ड” २७ भदौंबाट देशभर प्रदर्शनमा आएको छ । चलचित्रलाई प्रदर्शनको दिनदेखि नै दर्शकको खडेरी लागेको छ । चलचित्र “पासवर्ड” लाई त्यही दिनबाट प्रदर्शनमा आएको चलचित्र “हिरो नम्बर वान” ले टक्कर दिएको छ । चलचित्र पासर्वडको भन्दा उक्त चलचित्रको व्यापार राम्रो देखिएको छ ।

प्रदर्शनको अघिल्लो दिन प्रिमियरको लागि सन्नी नेपाल आएकी थिइन् । चलचित्र “पासवर्ड” मा सन्नीको नृत्यसँगै अभिनय पनि रहेको हल्लाखल्ला भएतापनि चलचित्रमा उनको अभिनय छैन । गीतमा नाच्न भारतबाट लण्डन पुगेकी सन्नीलाई निर्माण टिमले २ करोड भारु तिरेको चर्चा छ । चलचित्रको खर्च भन्दा निर्माण टिमलाई हलबाट पोस्टरको समेत पैसा उठाउन गाह्रो देखिएको छ ।

चलचित्रमा भिलेन भूमिकामा रहेका अभिनेता अनुपविक्रम शाहीको अभिनयलाई सबैले मन पराएका छन् । उनीसँगै रविन्द्र झा, बुद्धि तामाङ, प्रविण खतिवडाको राम्रो अभिनय रहेको छ । निर्देशक सम्राट बस्नेतको द्वन्द्व निर्देशन र सौरभ लामाको छायांकन चलचित्रको भाव अनुकुल रहेको छ । एक्सन र छायांकन राम्रो रहेको उक्त चलचित्रको कथावस्तु र प्रस्तुती सबैभन्दा कमजोर रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot