Logo

चलचित्र “माया पिरिम” को पोस्टर सार्वजनिक



टेक पौरखी राई निर्देशित चलचित्र “माया पिरिम” को पोस्टर सार्वजनिक भएको छ । मंसिर २० गतेको प्रदर्शन मिति घोषणा गरेको चलचित्रको पोस्टरमा अभिनेता कोशिश क्षेत्री, किरण चन्द, अन्जली अधिकारी, अर्जुन गुरुङलगायतका कलाकारहरुलाइै स्थान दिइएको छ । कथावस्तु लभस्टोरीमा आधारित छ भन्ने कुरा पोस्टरको फस्टलुकले नै प्रष्ट पार्छ ।

सविन अधिकारीले लेखेको चलचित्रको कथालाई प्रविन थापा र सविन अधिकारीले निर्माण गरेका छन् भने सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्मातामा रहेका छन् । मोहन मरासैनी र युवराज दाहालको सह–निर्मातामा बनेको चलचित्रलाई निरज कँडेलले खिचेका हुन् । त्यस्तै, सम्पादन जीवन थापाले गरेका छन् ।

चलचित्रमा सलोन बस्नेत, कालु राना, जयनन्द लामा, अरुणा कार्की, अनुपमा भण्डारी, विशाल पहाडी, टेक पौरखी राई, सागर बस्नेतलगायतका कलाकारहरुको अभिनय रहेका छ । चलचित्रमा श्री श्रेष्ठको द्वन्द, कोशिश क्षेत्रिको संगीत, शिशिर खातीको कोरियोग्राफी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot