Logo

नेकपा सचिवालय बैठक सुरु, यी विषयमा छलफल हुने



काठमाडौं, ४ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सचिवालय बैठकमा पार्टी एकताका बाँकी कार्यभार पूरा गर्नेबारे छलफल हुने भएको छ ।

यसअघि बसेको सचिवालयले बैठकले मंसिरमा हुने उपनिर्वाचनका लागि दल दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मा महासचिव विष्णु पौडेललाई दिएको थियो । आजको बैठकमा संगठनात्मक एकता टुंग्याउने तयारी छ। त्यस्तै, पार्टीको केन्द्रीय निकायमा जिम्मेवारी बाँडफाट गर्न बाँकी छ।

केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, प्रवास कमिटीलगायतमा जिम्मेवारी तोकिने विषयमा छलफल भएको छ । यस्तै बैठकमा नेकपाको मधेस पार्टी कमिटीमा देखिएको विवादबारे पनि छलफल गर्ने तयारी छ। तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot