Logo

भारतीय सहयोगमा कुलेश्वरमा विद्यालय भवन



काठमाडौं, ११ असोज । भारत सरकारको सहयोगमा कुलेश्वरस्थित कुलेश्वर आवास विद्यालयको भवन निर्माण भएको छ । तयार भएको भवनको भारतीय राजदूतावासका उपप्रमुख डा. अजय कुमारले शनिबार उदघाटन गरेका हुन् ।

नेपाली रुपैयाँ तीन करोड ८६ लाख लागत परेको भवनमा २० वटा कक्षा कोठा, जमिनमुनीको पानीट्यांकी, शौचालय तथा फर्निचर छन् । काठमाडौं जिल्ला समन्वय समितिले निर्माण कार्यान्वयन गरेको थियो ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य, काठमाडौं महानगरपालिका १४ की वडाध्यक्ष शोभा सापकोटा, जिल्ला समन्वय अधिकृत पीताम्बर अधिकृत, राजनीतिक दलका नेता तथा स्थानीय बासिन्दा उपस्थित थिए ।

भारतले देशका विभिन्न स्थानमा विद्यालय भवन निर्माणमा सहयोग पुर्याउँदै आएकोमा पछिल्लो सहयोगबाट विद्यालय भवन निर्माण पूरा भएको हो । तस्बिरः भारतीय राजदूतावास



प्रतिक्रिया दिनुहोस्

Screenshot