Logo

सुनथराली विमानस्थल सरोकार समाजले बुझायो पर्यटनमन्त्रीलाई ध्यानाकार्षण पत्र



काठमाडौँ, ७ कात्तिक। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई सुनथराली विमानस्थल सरोकार समाजले ध्यानाकार्षण पत्र बुझाएको छ। बुधबार सिंहदबारस्थित् मन्त्रालयमा समाजले मन्त्री भट्टराईलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो।

समाजका संयोजक धनराज वास्तविक, राष्ट्रिय युवा संघका नेता मेघराज शाही, युवा गैरसरकारी संस्थाका अध्यक्ष नारायण गिरीलगायतको टोलीले २०४२ सालदेखि निमार्णाधिन अवस्थामा रहेको उक्त विमानस्थलका बारेमा आवश्यक पहलकदमी चाल्न मन्त्री भट्टराईसँग माग गरेको हो।

मन्त्री भट्टराईले ध्यानाकार्षण पत्र ग्रहण गर्दै विमानस्थलका बारेमा आफूले पहल कदमी चाल्ने आश्वासन दिएको समाजका संयोजक वास्तविकले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot