Logo

चेल्सीको जीतमा पुलिसिक नायक



अमेरिकी खेलाडी क्रिष्टियन पुलिसिक गएराति बरुनलेविरुद्धको खेलमा नायक बन्दा इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले ४-२ को जीत निकालेको छ । गएराति चेल्सीको मैदानमा भएको खेलमा पुलिसिकले ह्याट्रिक गरेका थिए ।

२१ वर्षीय अमेरिकी खेलाडीले निकै आकर्षक खेल खेलेका थिए । उनको खेल निकै रोचक थियो । चेल्सीका लागि विलियनले ५८ औं मिनेटमा गोल गरे । बर्नले खेलमा फर्कन खोजेको थियो । उसले अन्तिम समयमा दुई गोल गर्यो । ८६ औं मिनेटमा रोड्रिगेज र ८९ औं मिनेटमा मेकनिलले गोल गरे ।

जीतपछि चेल्सी अंकतालिकामा चौंथो स्थानमा उक्लिएको छ । चेल्सीका पूर्व कप्तान फ्रान्क लामपार्डको व्यवस्थापनमा रहेको टोलीले पछिल्लो समय निकै उत्कृष्ट खेल खेलिरहेको छ ।

Photo Source: Footballfaithful



प्रतिक्रिया दिनुहोस्

Screenshot