Logo

नेपालको अन्तर्राष्ट्रिय सीमा निरीक्षण गर्न समिति गठन



काठमाडौं, ६ मंसिर । सरकारले नेपालको अन्र्राष्ट्रिय सीमा निरीक्षण समिति गठन गरेको छ । भारत नेपाल सीमा र नेपाल चीन सीमा निरीक्षण समितिहरू गठन गरेको हो ।
नेपाल भारतबीच सीमा विवाद सतहमा आएका बेला सरकारले काम थालेको तीन महिनामा भित्र परराष्ट्र मन्त्रालयलाई सो प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विहीबार मन्त्रालयमा मान्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका थिए ।
सो कार्यदेशमा समितिले दुई देशबीचका सीमा स्तम्भहरू दुरुस्त रहे नरहेको हेर्ने, सीमा अतिक्रमण भए नभएको हेर्ने, सीमा स्तम्भ, मार्करहरू आदि ठीक स्थानमा रहेको नरहेको निरीक्षण गर्ने कुरा समेटिएका छन् । साथै चीनसँगको सीमाका सम्बन्धमा मौसम अनुकुल हुनसाथ समितिले काम थाल्ने बताएको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्