Logo

विहानै तीन बजे हिउँको स्नान गर्छिन् म्याडोना



म्याडोना आजकल विहानै उठ्छिन् । उनी तीन बजे हिउँको स्नान अर्थात् आइस बाथ गर्छिन् ।

म्याडोनाको यो रहर नभएर वाध्यता हो । तिघ्रामा पीडा हुनथालेपछि उनले आइस बाथ लिन थालेकी हुन् । बाथ लिएको तस्बिर पनि सार्वजनिक गरेकी छिन् । उनले चिकित्सकको सल्लाह बमोजिम बाथ लिएको जनाएकी छिन् ।

असाध्यै पीडा भएकाले उनले महत्वपूर्ण स्टेज शो नै रद्द गरेकी छिन् । अमेरिकाको विभिन्न शहरमा हुने शो रद्द भएपछि टिकट काटिसकेकाहरुको रकम फिर्ता गर्न थालिएको छ ।

म्याडोनाले लिगामेन्ट च्यातिएको र घुँडामा समस्या भइरहेको उल्लेख गरेकी छिन् । उमेर कटेपनि क्रेज नघटेकाले म्याडोना संसारभर लोकप्रीय छिन् ।-एजेन्सी, Photo Source: Madonna Instagram



प्रतिक्रिया दिनुहोस्

Screenshot