Logo

बुद्धिमान पाख्रिन हत्याकाण्ड द्वन्द्वकालको दुःखद नजिर



काठमाडौँ, १९ मंसिर । दुई र डेढ वर्षका छोरीहरू मस्त निद्रामा थिए। बुद्धिमान पाख्रिन र उनकी पत्नी शान्ति पनि सुत्ने तर्खरमा थिए। २०५९ मंसिर ९ गते राति करिब सवा नौ बजेतिरको कुरा हो यो। ‘कमरेड बुद्धिमान ढोका खोल्नुस्।।। १’ बाहिरबाट आवाज आयो। उनले बिस्तारै झ्याल खोलेर हेरे। तत्कालीन विद्रोही माओवादीका हतियारधारी लडाकुले घर घेरा हालेका रहेछन्।

प्रायः घरमा आएर धम्क्याइरहने हुँदा बुद्धिमानले माओवादी लडाकुको त्यो उपस्थितिलाई सामान्य रूपमा लिए। फेरि केही सर्त लिएर आए होलान् भन्ठानेर उनले ढोका खोले। शान्ति तीन महिनाकी गर्भवती थिइन्। ‘तपाईं हामीसँग हिँड्नुस्, पार्टी जिल्ला हेडक्वार्टरको निर्देशन छ,’ घरभित्र पसेकामध्ये एकले भने। तर उनले कहीं नजाने बताउँदै भने, ‘जे कुरा गर्नु छ, यहीँ गर्नुस्।’ उनीहरूबीच केही समय जाने–नजाने विषयमा गलफती चलिरह्यो। यतिकैमा बाहिर रहेका कमान्डरले ठूलो आवाजमा निर्देशन दिए, ‘जान मान्दैन भने त्यो सुराकी दलाललाई घिसारेर बाहिर निकाल्नुस् १’ हतियारधारी टोलीसँग जान घरबाट निस्किँदै गर्दा बुद्धिमानले पत्नीलाई सम्झाउँदै भने, ‘उनीहरू माओवादी कम्युनिस्ट भएकाले एउटा कम्युनिस्टले अर्को कम्युनिस्टलाई केही गर्दैन, म चाँडै फर्किन्छु, पिर नमान्नू।’ पुनःसंरचनापछि हालको जिरी नगरपालिकामा परेको तत्कालीन ठूलोपातल गाविसको अध्यक्ष पदमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित बुद्धिमान पाख्रिन जिल्लाभरिमै पार्टीभित्र प्रखर र लोकप्रियमध्ये केहीमा गनिन्थे। ताहाचल क्याम्पसबाट स्नातक सकेर गाउँ फर्केका उनी स्कुलमा शिक्षण गर्दै थिए।

सिस्नेरी गाउँमा उनलाई खुट्टा तथा हातका औंलाहरू र नङमा नेलले खोपिएको, शरीरका विभिन्न भागमा ब्लेडले चिरिएको थियो। दुई रातसम्म दिइएको यातनाका कारण बुद्धिमान चिच्याएको आवाज सम्झिँदा अहिले पनि यो गाउँका केही नागरिकको आङै सिरिङ्ङ हुन्छ। क्याम्पस पढ्दा विद्यार्थी राजनीति गरेका कारण एमालेको जिल्ला कमिटीमा समेत जोडिएका उनलाई पार्टीले गाविस अध्यक्ष लड्न प्रस्ताव ग(यो। २०५४ जेठ १३ गते सम्पन्न स्थानीय निकायको निर्वाचनमा लामो समय निरन्तर प्रधानपञ्च चलाएका गाउँकै छिमेकीलाई भारी मतले हराएर गाविस अध्यक्ष चुनिएका पाख्रिनले गाउँमा केही सुधारका काम गरे। माओवादी युद्ध चर्किंदै थियो। उनलाई चन्दा माग्न माओवादी कार्यकर्ताहरू आइरहन्थे। २०५६ सालतिर गाउँको पुछारबाट बगेर जाने खिम्ती खोलामा नर्वेजियनको लगानीमा हिमाल पावर लिमिटेडले खिम्ती जलविद्युत् आयोजना निर्माण हुने भयो। हिमाल पावरले आयोजनाको निर्माण अवधिका लागि चाहिने पाँच सय किलोवाट बिजुली स्थानीय झाँक्रे खोलाबाट निकाल्यो। खिम्ती सम्पन्न भएलगत्तै हिमाल पावरले झाँक्रेखोला विद्युत् आयोजना खिम्ती ग्रामीण विद्युत् सहकारीमार्फत वरपरका सातवटा गाउँलाई हस्तान्तरण ग(यो। सहकारीको नेतृत्व र अगुवाइ बुद्धिमानसहित वरपरका प्रायः एमाले नेताहरूले गरेका थिए। गाउँमा बिजुली बल्यो भनेर गाउँले फुरुङ्ङ परे।

जिल्लाको पूर्वी दक्षिणमा पर्ने यो गाउँमा तत्कालीन विद्रोही माओवादीले समेत आँखा लगाउन थालिसकेको थियो। गाविस अध्यक्ष बुद्धिमान एमालेको लोकप्रिय जनप्रतिनिधिभित्र गनिँदै थिए। ठूलोपातलमा माओवादीले गाउँ जनसरकार गठन गर्न सकेको थिएन। २०५९ कात्तिक अन्तिम साता माओवादीले स्थानीय समुदायलाई हस्तान्तरण भइसकेको यो झाँक्रेखोला विद्युत् आयोजनामा बम विस्फोट गराएर क्षति पा(यो। विदेशी लगानी धपाउने भन्दै हिमाल पावरकै स्वामित्वको भनेर बम प्रहार गरिएको भनिएको सो आयोजना बन्द भएपछि दोलखा एमालेको जिल्ला पार्टीभित्र बहस सुरु भयो। प्रायः आफ्ना नेताहरूले अगुवाइ गरेको यो झाँक्रेखोलामा बम पड्काएर क्षति पु(याएकोप्रति एमाले समर्थकहरूले मन दुखाएका थिए। समुदायको व्यवस्थापनमा आइसकेको बिजुली माओवादीले उडाइदिएपछि जनताको बिजुलीमा आक्रमण भएको सन्देश दिन भन्दै एमालेले मंसिर २ गते बम पड्काइएको झाँक्रेखोलाको विद्युत्गृहमा माओवादीविरुद्ध विरोधसभा गर्नू भनेर अलिखित सर्कुलर ग(यो। खिम्ती ग्रामीण विद्युत् सहकारीको ब्यानरमा विरोधसभाको तयारी भयो। पार्टीका तत्कालीन जिल्ला सचिव ९प्रमुख० आनन्द पोखरेल थिए।

२०५६ को निर्वाचनमा दोलखा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद पोखरेल र १ का निर्वाचित पशुपति चौलागाई विरोधसभामा अतिथिका रूपमा सहभागी हुने जानकारी पठाइयो। तर निर्धारित विरोधसभाको दिन दुवै नेता गएनन्। ठूलोपातल गाविस अध्यक्ष बुद्धिमानको प्रमुख आतिथ्यमा विरोधसभा सम्पन्न भयो। गाउँमै आफ्नो पार्टीविरुद्ध विरोधसभा भएको विषयमा माओवादीभित्र बहस भयो। बुद्धिमानलाई भौतिक कारबाही गर्ने वा नगर्ने विषयमा तत्कालीन पार्टीभित्र दुई धार देखियो। एउटा धारले बुद्धिमानले जनयुद्धविरुद्ध नागरिक उचालेको, पटकपटक चन्दा माग्दासमेत नदिएको, सरकारी एजेन्ट बनेर सुराक गरेको साथै उनलाई भौतिक कारबाही गर्दा त्यस क्षेत्रका जनजाति समुदायमा त्रास सिर्जना गर्न सकिने भन्दै उनलाई जसरी पनि कारबाही गर्नुपर्ने अडान लियो। त्यही साल पार्टीका पोलिटब्युरोसमेत रहेका जिल्लाका अग्रज नेता रितबहादुर खड्काको सरकारी पक्षले रौतहटमा हत्या गरेको प्रतिशोध लिने धङघङीसमेत माओवादीमा थियो। त्यहीअनुसार टोली परिचालित भयो। अपहरण भएकै रात ठूलोपातलका स्थानीयले खुकुरी, हँसियासहितका घरेलु हतियार बोकेर बुद्धिमानको खोजबिन सुरु गरे। मंसिर १० गते मध्याह्नसम्म काब्रे, जुँगुसहित वरपरका गाउँमा खोजे पनि उनलाई भेट्टाउन सकेनन्। माओवादीले बुद्धिमानको अपहरण गरे पनि हत्या भने नगर्नेमा एमालेको जिल्ला तहका नेताहरू ढुक्क थिए। खोजबिन र सम्पर्कका लागि एमालेले सबैतिर संयन्त्र परिचालन गरेको थियो। तर कसैको केही सीप लागेन।

रमेश खतिवडाले आजको नागरिक दैनिकमा प्रकाशित गरेको आलेखको सम्पादित अंश ।



प्रतिक्रिया दिनुहोस्

Screenshot