Logo

आज उपत्यकाका २३ स्थानमा सवारी चलाउन नपाईने



काठमाडौं, मंसिर २१ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज शनिबार राजधानीका निम्न स्थानका मुख्य सडकमा सवारीसाधन नचलाएर बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।

महाशाखाले आजको पहिलो साइकल दौड बिहान ७ बजे दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै पुनः दशरथ रङ्गशालासम्मको मुख्य सडक ११ बजेसम्म बन्दहुने जनाएको छ ।

त्यस्तै ११ बजेदेखि अपराह्न ४ बजेसम्म हुने दोस्रो साइकल दौड कलङ्कीबाट कोटेश्वर हुँदै सूर्यविनायक जाने सडकखण्डमा हुने भएकाले कलङ्की कोटेश्वरमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वर सूर्यविनायक खण्डको वैकल्पिक मार्ग प्रयोग गर्न सबैमा अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot