Logo

जोरपाटी–सुन्दरीजल सडक विस्तार हुने



काठमाडौं, मंसिर २१ । गोकर्णेश्वर नगरपालिकाले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तारका लागि संरचना खाली गर्न सुरु गरेको छ। सार्वजनिक जग्गा भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ ११–११ मिटर र निजी जग्गा भएको ठाउँमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात–सात मिटर लिने गरी काम सुरु भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले जनाए।

‘स्थानीयवासीको सहमति लिएर नै सडक विस्तार सुरु गरेका हौँ। नगरपालिकाले आफ्नै स्वामित्वमा रहेको भैरव स्मृति जोरपाटी बगैँचाबाट विस्तारको काम सुरु भएको छ, यसपछि सानोबजार क्षेत्र हुँदै अघि बढ्छौँ,’ उनले भने। काठमाडौं क्षेत्र ३ का सांसद कृष्णकुमार राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल लगायत जनप्रतिनिधि संरचना भत्काउने कार्यमा सहभागिता भएका थिए।

करिब सात किमि सडक ५४ करोड रुपैयाँको लागतमा विस्तार गरी कालोपत्र गर्न ठेक्का सम्झौता भएको हो। दुई खण्डमा ठेक्का सम्झौता भएकामा दुवैतिरका काम अलपत्र छ। सो सडक खण्ड २०७५ भदौमा कालोपत्र भइसक्नुपर्ने गरी विस्तार गर्न चार वर्षअघि ठेक्का भएको थियो।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot