Logo

कांग्रेसले सरकारमाथि लगाएको आरोपमा धेरै सत्यता छैन् : रायमाझी



काठमाडौं, २१ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकार आफ्नो गतिमा स्मुथ्ली अघि बढिरहेको स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘प्रतिपक्षी दल नेपाली कांग्रेसले भनेजस्तो भ्रष्टाचार र व्यभिचारमा लिप्त भएको छैन् । कांग्रेसको यो आरोपमा कुनै सत्यता छैन् । राष्ट्रियता, सुशासन र विकास र समृद्धिको यात्रामा सरकार अघि बढिरहेको छ । म दोहोर्याएर भन्न चाहन्छु प्रतिपक्षी दलले सरकारको व्यापक विरोध र गरेको आलोचनामा धेरै सत्यता छैन् ।’

तर, रायमाझीले जुन स्तरमा काम हुनुपर्ने थियो त्यो स्तरमा काम भने नभएको स्विकारे । उनले भने,‘जनताले अपेक्षा गरेअनुसार काम भएको छैन, यो कुरा हामीले मनन गर्नुपर्छ । तर, सरकारले केही पनि गर्न सकेको छैन् । सबै बर्वाद नै भयो भन्ने आरोपमा कुनै सत्यता छैन् ।’

नेपालमा सबैभन्दा धेरै सरकारमा बस्ने पार्टी नेपाली कांग्रेस भएकोले उसले अहिलेको सरकारमाथि लगाएको आरोपमा कुनै दम नभएको पनि उनको भनाई छ । केसीले भने,‘नेपाली कांग्रेसको धेरै सरकार बनेका छन्, यदि उसले भनेकोजस्तो भए त देशले विकास र समृद्धिमा ठूलो फड्को मार्ने थियो । बरु, अहिले नेकपाको सरकार आउँदा धेरै राम्रो भएको छ । सामाजिक सुरक्षा र सेवाको क्षेत्रमा महत्वपूर्ण काम गरेको छ । जनतालाइृ राहत दिनेगरि अघि बढिरहेको छ ।’

सरकार पछिल्लो समय भ्रष्टाचार निर्मुलीकरणको लागि अत्यन्तै कठोर रुपमा अघि बढिरहेको पनि रायमाझीको भनाई छ । उनले भने,‘सरकार दुई तिहाईको हो, यसलाई जनताको पूर्ण समर्थन छ ।’ उनले राष्ट्रियताको विषयमा पनि सरकार आफ्नो अडानमा रहेको सुनाए । उनले भने,‘भारतले नेपालको सीमा अतिक्रमण गरेको विषय अहिले उजागर भएको छ । हाम्रा सीमा स्तम्भहरु अतिक्रमित भएका छन् । सरकारले अब यो विषयलाई समाधानको लागि पहल गर्नुपर्छ ।’

रायमाझीले सरकारले सीमा विवादको लागि पहलकदमी अघि बढाउने र कुटनीतिज्ञहरु पनि परिचालन गर्ने सुनाए । उनले भने,‘सरकारले छिटोभन्दा छिटो यसको लागि पहल गर्छ । नेपालको एक ईन्चपनि भूमी छोड्दैन् । र कसैको पनि एक ईन्चपनि भूमि लिँदैन् ।’ सीमा विवादको समाधान अब दिर्घकालिन रुपमा हुनेपनि उनले विश्वास दिलाए ।

अहिले मुलुकको एकसूत्रीय एजेण्डा भनेको विकास र समृद्धि नै भएकोले सोहीअनुसार सरकार अघि बढिरहेको पनि उनले सुनाए । उनले भने,‘पूर्वाधार विकासमा अहिले कुनैपनि समस्या छैन् । बाटो, घाटो बनेका छन् । विद्युत उत्पादन भैरहेको छ । सिचाँईमा राम्रै प्रगति भैरहेको छ । रेलमार्ग, जलमार्गको पनि कुरा भैरहेको छ । पूर्वाधार विकासमा कुनै समस्या छैन् ।’

मुलुकमा अहिले गरिबी र बेरोजगारीको समस्या रहेकोले यसको अन्त्यको लागि सरकारले ठोस कदम चाल्नेपनि उनले स्पष्ट पारे । उनले भने,‘यसको लागि कृषि, पर्यटन, उद्योग, शिक्षा र स्वास्थ्यमा ठूलो परिवर्तन ल्याउन जरुरी छ । विदेश पलायन भएकाहरुलाई पनि नेपालमै आमन्त्रण गर्नुपर्छ । गएकाहरुलाई फर्काउनुपर्छ । यो सम्भव छ ।’ लगानीको अहिले राम्रो वातावरण बनेको पनि उनको भनाई छ । उनले भने,‘अहिले वैदेशिक लगानीको धेरै राम्रो वातावरण बनेको छ ।’
फरक प्रसँगमा उनले सभामुखको चयन चाँडै हुनुपर्ने र सकेसम्म छिट्टै संसदको हिउँदे अधिवेशन बोलाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot