Logo

बास्केटबलमा नेपाल भारतसंग पराजित



काठमाण्डौँ २३ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बास्केटबलको सेमिफइनल म्याचमा नेपाल भारतसंग पराजित भएको छ ।

सोमबार भएको स्पर्धामा नेपाल भारतसंग १०७-५८ स्कोरको फराकिलो अन्तरले पराजित भएको हो । यससंग नेपालको बास्केटबलमा स्वर्ण जित्ने सपना समाप्त भएको हो । फाइनलमा भारत श्रीलंकासंग भिड्ने छ ।

नेपालको सुरुवात कमजोर रहेको हुँदा भारतले फराकिलो अन्तरले अग्रता लिएको थियो । यससाथै भारत फाइनलमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot