Logo

विरोधपछि रोकियो न्यायाधीश नियुक्तिको निर्णय



काठमाडौं, मंसिर २६ । न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्ति सिफारिसमा पदमप्रसाद वैदिकको विकल्प खोज्ने भएको छ। बुधबार बसेको परिषद् बैठकले सर्वोच्चको रिक्त न्यायाधीशमा कसैको पनि नाम सिफारिस गर्न सकेन। यसअघि बसेको बैठकले परिषद्कै सदस्य वैदिकलाई न्यायाधीशमा सिफारिस गर्ने प्रस्तावमा विरोध भएपछि निर्णय रोकिएको थियो।

न्यायाधीश नियुक्तिको सिफारिस गर्ने जिम्मेवारी बोकेको न्यायपरिषद्का सदस्य वैदिकले सर्वोच्चमा रिक्त न्यायाधीशमा जाने प्रस्तावपछि बुधबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका थिए। राजीनामा बुझाएका उनलाई न्यायाधीश नियुक्तिको सिफारिस गर्न बिहीबार बसेको न्यायपरिषद् बैठकले निर्णय रोकेको थियो। उनले राजीनामा दिएपछि न्यायाधीश बनाउन लागिएको भन्दै नेपाल बार एसोसिएनले विरोध जनाएको थियो।

बारको ४६औं कार्यकारिणी परिषद् बैठकलाई बुटवलमा सम्बोधन गर्दे मंगलबार प्रधानन्यायाधीश एवं परिषद् अध्यक्ष चोलेन्द्रशमशेर जबराले बारको भावनाविपरीत न्यायाधीश नियुक्ति नगर्ने बताएका थिए। त्यसको भोलिपल्ट बुधबारको बैठकले वैदिकलाई न्यायाधीश नियुक्ति सिफारिसको निर्णय रोकेको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot