Logo

मुख्यमन्त्री राईद्वारा उधौली पर्वको शुभकामना



विराटनगर, २६ मङ्सिर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उधौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

उनले आज जारी गर्नुभएको शुभकामना सन्देशमा किरात समुदायको महान पर्व उधौलीजस्ता पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा साझा नेपाली पहिचान कायम गर्न महत्वपूर्ण योगदान गरेको उल्लेख छ ।

यस प्रकारका मौलिक सांस्कृतिक पर्वले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग सन्देशमा उल्लेख छ । मुख्यमन्त्री राईको सन्देशमा भनिएको छ, “धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वहरुका माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य हो ।”

उनले सन्देशमार्फत सो पर्वले नेपालका सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणका लागि अगाडि बढ्न आग्रह गरे ।रासस File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot