Logo

आज पनि देशभर वर्षा र हिमपातको सम्भावना



काठमाडौं, मंसिर ३० । काठमाडौं उपत्यकामा सोमबार बिहानैदेखि हुस्सुसहितको बादल लागेको छ। देशभर मौसममा आएको बदलीसँगै उपत्यकामा शुक्रबार रातीपरेको पानीले चिसो बढाएको छ । देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले पानी परेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।

पूर्वानुमान महाशाखाका अनुसार आजपनि देशभर बदली हुने र विभिन्न स्थानमा भारी हिमपात तथा वर्षाको सम्भावना रहेको जनाइएको छ ।मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानको बुलेटिनका अनुसार देशको मध्य र पश्चिमी पहाडी भूभागमा र पूर्वी भूभागमा बदली भई हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot