Logo

माधव नेपाल पक्ष ओलीविरुद्ध आक्रामक



काठमाडौं, २ पौष । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटि बैठकमा माधवकुमार नेपाल पक्षधर प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएको छ । ओलीले एक वर्षसम्म स्थायी कमिटि बैठक समेत नडाकेर मनोमानी तरिकाले पार्टी चलाएको भन्दै कडा रुपमा प्रस्तुत भएको हो ।

बैठकमा स्थायी कमिटि सदस्य युवराज ज्ञवालीले एक वर्षपछि स्थायी कमिटि बैठक प्रचण्डले डाकेको तर ओलीले किन नडाकेको भनी प्रश्न गरेका थिए । पार्टीलाई लथालिंग पारेर एकलौटी ढंगले चलाउन खोजेको उनको आरोप थियो । एक स्थायी कमिटि सदस्यका अनुसार ओलीको भूमिका पार्टीको हितमा नभएको भन्दै कडा आलोचना समेत भएको थियो ।

एकीकरणको एक वर्षसम्म स्थायी कमिटि बैठक नबस्दा नेता कार्यकर्तामा असन्तुष्टि बढेको विषय पनि बैठकमा उठेको थियो । पार्टी संरचनानै निष्कृय पारिएको र सानो झुण्डबाट पार्टी चलाउन खोजेको आरोप समेत लगाएका थिए ।

पछिल्लो समय माधव नेपाल र उनी निकटस्थ नेताहरु अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहँदै आएका छन् । नेपाल पक्षलाई ओलीले पेलेर गएको विषय उठ्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot