Logo

श्रीलंकामा एमसीसी रोक्का



काठमाडौँ, ४ पुस । नेपालसँगै पाउन लागेको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको प्रस्तावित सहयोगलाई श्रीलंकाले तत्कालका लागि रोक्का गरेको छ ।

श्रीलंकन सरकारका प्रवक्ताले विस्तृत अध्ययन गरेर मात्रै निर्णय हुने बिहीबार मिडियालाई बताएका छन् । ‘विज्ञ समूहले एमसीसीबारे अध्ययन गरेर मात्रै प्रक्रिया अघि बढाउँछौं,’ उनले भने । सरकारले एमसीसीबारे अध्ययन गर्न कोलम्बो विश्वविद्यालयका अर्थशास्त्र विषयका प्राध्यापक ललिथश्री गुनवारुवनको संयोजकत्वमा कार्यदल बनाएको छ । उच्च अदालतमा स्वतन्त्रता र सार्वभौमिकतामा एमसीसीले आघात पार्न सक्ने भन्दै रिट दायर भएपछि यो सहयोगका बारेमा विवाद चर्किएको थियो । श्रीलंकाको भूमि तथा यातायात व्यवस्थापनका लागि एमसीसीले ४ सय ८० मिलियन डलर सहयोग प्रदान गर्ने टुंगो भइसकेको थियो ।

नेपाल सरकार र अमेरिकी सहयोग निकाय एमसीसीबीच ५ वर्षअघि भएको विकास साझेदारको यो योजनामा नेपालका लागि ५ सय मिलियन डलर झन्डै ५५ अर्ब रुपैयाँको बजेट निर्धारण गरिएको छ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot