Logo

राजपा सरकारमा नजाने, समाजवादीसँगको एकता प्राथमिकतामा



काठमाण्डौ । हिजो सरकारबाट बाहिरिएको समाजवादी पार्टी नेपालले आज सरकारलाई दिएको समर्थन पनि फिर्ता लियो । अब अर्को मधेशवादी दल राष्ट्रिय जनता पार्टी संघीय सरकारमा सहभागि हुने चर्चा पनि सुरु भएको छ । समाजवादीसँग एकता गर्नका लागि सरकारबाट बाहिरिनुपर्ने शर्त राख्दै आएको राजपाले अब के गर्छ भन्ने पनि चासोका साथ हेरिएको छ ।

दुई जना मन्त्रीसहित सरकारमा सहभागि समाजवादी पार्टी नेपालले सरकारबाट बाहिसियो । यो बहिर्गमनले आगामी दिनमा दलीय समिकरण कस्तो हुन्छ भन्ने बहस सतहमा ल्याएको छ । समाजवादीको बहिर्गमनपछि अर्को मधेशवादी भनेर चिनिएको राष्ट्रिय जनता पार्टी राजपा सरकारमा सहभागि हुने चर्चा छ । राजपा त्यही दल हो, जसले केपी ओली नेतृत्वको सरकार गठन हुने बेला समर्थन गरेको थियो । तर राजपाले भने झैँ गरी सरकार संविधान संशोधन गर्न तयार नभएपछि पछि राजापाले समर्थन फिर्ता लिएको थियो ।

तर अहिले फेरी राष्ट्रियसभाको चुनावका लागि प्रदेश दुईमा सत्तारुढ दल र राजपाबीच तालमेल भएको छ । यो तालमेलसँगै प्रदेश दुईको सरकारमासमेत गठबन्धन हुन खोजेको हो कि भन्ने अनुमान गरिएको छ । यदी त्यसो भएमा अहिले प्रदेश दुईमा रहेको समाजवादी र राजपाबीचको गठबन्धन भत्किन सक्छ । यस्ता विभिन्न सम्भावनाकाबीच राजपाले भने सत्तारुढ दलसँग राष्ट्रियसभा चुनावमा लागि बाहेक अरु कुनै तालमेल नहुने दावी गरेको छ । संविधान संशोधनका लागि सरकार अहिले पनि तयार नभएकाले राजपा सरकारमा सहभागि हुने सम्भावना नरहेको राजपाका महासचिव केशब झा बताउँछन् ।

यो पनि पढ्नुहोस :

ओलीको अस्त्रले मधेश केन्द्रितबीच सहकार्य टुट्दै

ओली–महतो गोप्य भेट, राजपा सरकारमा सहभागी !

सत्तारुढ दलसँग मिलेर प्रदेश दुईमा सरकार बनाउने र संघीय सरकारमा सहभागि हुने अनुमानलाई पनि राजपाले अस्वीकार गरेको छ । बरु सरकारबाट बाहिरिएपछि समाजवादीसँगको एकताको सम्भावना बलियो बनेको महासचिव झा बताउँछन् ।

समाजवादीले सरकार छोडेसँगै अब सरकारलाई दुई तिहाई बहुमत छैन । यसअघि समाजवादी सरकारमा रहँदा सत्तारुढ दलले दुई तिहाईको दम्भ देखाएको समाजवादीका अध्यक्ष उपेन्द्र यादवको आरोप छ । दुई तिहाई बहुमत पुर्याउनका लागि नेकपाले भने राजपालाई सरकारमा सहभागि गराउने प्रयास गरेको छ ।

समाजवादी पार्टीसमेत सम्मिलित हुँदा मात्रै दुई तिहाइ सदस्यको समर्थन थियो । अब संसदबाट महत्वपूर्ण विषयहरु पारित गर्नुपर्दा चाहिने दुई तिहाइ बहुमत सरकारसँग हुँदैन । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमत र्पुयाउन सरकारको पक्षमा १ सय ८३ जना सांसद हुनुपर्नेछ । तर नेकपासँग १ सय ७४ जना सांसद छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot