Logo

१४ वर्षीय गणितका प्राध्यापक



बेलायतको लिसेस्टर विश्वविद्यालयमा १४ वर्षका किशोर गणितको प्राध्यापक बनेका छन् । मुस्लिम समुदायका याशा एस्ले प्राध्यापक बनेका हुन् ।

यीनलाई शुरुमा विश्वविद्यालयमा अतिथि शिक्षकको रुपमा छनोट गरिएको थियो । यी छात्रले पढाउनेसंगै आफुले पनि डिग्री लिइरहेका छन् । यहाँ उनलाई सबैभन्दा कम उमेरको छात्र र प्रोफेसरको उपनाम पनि दिएका छन् ।

गणितमा अविश्सनीय ज्ञान देखेर यीनलाई परिवारमा मानव क्याल्कुलेटर भन्ने गरेका छन् । उनका पिता लेउनलाई दैनिक पुर्याउन जाने गरेका छन् । आफ्नो छोराको उपलब्धि देखेर गर्व महसुस गरेको पनि बताएका छन् । उनी डिग्रीको कोर्स सकेर पीएचडी गर्ने तयारीमा रहेको जनाइएको छ । आफुले रोजगार पाएर अरुलाई सहयोग गर्न पाएकोमा याशा निकै खुशी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot