Logo

राष्ट्रपति हुँदा मान्छेको मासु खाने इदी अमिन



युगान्डाका राष्ट्रपति तानाशाह ईदी अमीनलाई आज पनि क्रुर शासकको रुपमा चिनिन्छ । यीनी करिब आठ वर्षसम्म शासन गरी मानिसहरुमाथि अत्याचार गरेका थिए । उनले आफ्नो शासनकालमा ६ लाख भन्दा बढीको ज्यान लिएका थिए ।

सुन्दर यु्वतीहरुलाई यीनले तारो बनाउँथे । उनीहरुलाई विवाह या यौन प्रस्ताव राख्थे । मानेनन् भने जर्बजस्ती गर्ने देखि हत्या सम्म गर्थे । मानिसहरुको हत्या गर्नलाई उनले हतियारको प्रयोग गर्दैनथे । केही दिन मानिसलाई जिउँदै गाडेर राख्थे भने केहीलाई गोहीको शिकार बनाउँथे ।

यीनको फ्रिजबाट मानिसका टाउको बरामद गरिएको थियो । यीनलाई मानिसको मासु खुबै मन पर्ने बताइन्थ्यो । यसकारण इदी अमिनलाई अफ्रिकाको पागल मानिस समेत भनिन्थ्यो ।

उनको फ्रिजमा मानिसको अन्य अङ्गपनि भेटिएको थियो । यही प्रमाणबाट पनि उनी मानिसको मासु निकै खान्थे भन्ने पुष्टि गरिएको हो । अमीन विरोधी आन्दोलनले उनलाई सत्ताच्युत गरेको थियो । यसपछि अमीन साउदी अरब गएर बसेका थिए । उनको २००३ मा मृत्यु भएको थियो । उनको क्रुरताको कहानी मानिसको मानपटलमा अझै ताजै रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot