Logo

एक वर्षमा सातपटक मात्र खाने युवक



हामी दैनिक कम से कम तीन पटक भोजन गर्छौ । भोजनपछि हाम्रो शरीरमा ताकत आउने गर्छ । स्वस्थ रहन खान जरुरी हुन्छ । तर, एक युवक एक वर्षमा जम्मा सात पटक मात्र खाना खाने गरेका छन् । श्रीलंकाको यी युवकको नाम किरबी डे लनेरोल हो ।

लनेरोल पछिल्लो पाँच वषर््ा यता एक वर्षमा केवल सात दिन मात्र खाना खाने गरेका छन् । उनले समान्य मानिसले झै नियमित काम गरिरहेका छन् । यी युवक हावा, पानी र सुर्यको उज्यालोमा धेरै निर्भर रहन्छन् । यसैले उनलाई खान आवश्यक नहुने विश्वास गरिएको छ ।

यीनले पछिल्लो १० महिनामा मात्र ६ वा ७ पटक मात्र खाना खाएको बताएका छन् । सामान्य मानिसहरुलाई दिनमा तीन पटक खाना आवश्यक पर्छ । तर यसरी खाँदा शरीरमा रोगलाग्ने लनेरोल बताउँछन् ।

उनले सुर्यबाट धेरै उर्जा प्राप्त हुने बताउछन् । उनले आफुमा भएको पावरलाई भगवानको वरदान मानेका छन् । डाक्टरले पनि उनको जाँच गरिसकेका छन् । उनको शरीरमा सामान्य मानिस जस्तै स्वस्थ भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot