Logo

बिरालोले पायो सरकारी जागीर



अहिले युवाहरुले जताततै बेरोजगारीको समस्या झेलिरहेको बेला दुई बिरालोले भने सरकारी जागिर पाएका छन् । यीनीहरुलाई तलब पनि राम्रै दिएका छन् । हाल बसेको ब्रिटिस सरकारको क्याविनेटले दुई बिरालोलाई नियुक्ति गरेको हो ।

इवी र आँसी नामको दुई बिरालोलाई क्याविनेटको कार्यालयमा जागिर दिएको हो ।
यी बिरालोहरुलाई क्याबिनेट कार्यालयमा मुसा समात्नका लागि नियुक्त गरेको हो । सरकारी कागतजातहरुलाई मुसोबाट बचाउन धेरै मुस्किल भएकाले यी बिरालोलाई नियुक्त गरिएको जनाइएको छ ।

मुृसा भगाउन धेरै प्रयास भएपनि सफलता भने मिलेको थिएन । यसपछि बिरालोलाई नियुक्ति दिने सोच उच्च अधिकारीहरुले बनाएका थिए ।

हाल यी दुई बिरालोहरुले मुसा खाने जिम्मेवारी बहन गरिरहेका छन् । अचम्म त यो छ की यी दुई बिरालोको नाम यो कार्यालयमा राखिएको छ । इवीको नाम लोकसेवाकी पहिलो महिला स्थायी सचिव डैम इवलिन शार्पको नाममा राखिएको छ । आँसीको नाम शीष सिविल सर्वेट ईसीबी आँस्मोदर्लीको नाममा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot