Logo

छोरी पाउने बुहारीलाई सासुले दिइन महंगो कार



कतिपय समाजमा छोरी पाउने बुहारीलाई अपमान गरेका देखेका छौ । दक्षिण एशियामा यो प्रवृत्ति अझै छ । तर, भारतको उत्तर प्रदेशमा एउटी सासुले छोरी जन्माएकी आफ्नो बुहारीलाई महंगो कार उपहार दिएकी छिन् । उक्त खुशीको समयमा सासुले बुहारीलाई अंगालो मारेर कार उपहार दिएकी थिइन् ।

छोरीहरु छोराको तुलनामा धेरै राम्रा हुने ती सासुले बताएकी छिन् । सामु प्रेमा देवी स्वास्थ्य विभागको बतौर निरिक्षकको पदबाट रिटायर्ड भएकी हुन् । रिटायर्ड पछि उनी आफ्नो छोरा बुहारीसंग खुशीको साथ दिन बिताइरहेकी छिन् ।

उनका छोरा हमीरपुर जिल्ला मुख्यालयमा सरकारी सेवामा कार्यरत रहेका छन् । उनकी बुहारी गृहणी हुन् । ती सासु बुहारीबीच आमा छोरी जस्तो व्यवहार हुने गरेको छ । बुहारीले केही महिना अगाडि कन्याको जन्म दिएकी थिइन् । कन्या जन्माएकोमा खुशी मनाएका थिए ।

उक्त खुशीमा पार्टी राखेको छिमेकीले बताएका छन् । सासुले आफ्नी बुहारीलाई होन्डा सिटी कार खरिद गरेर उपहार दिएकी थिइन् । यति ठुलो उपहार देखेर बुहारीको आँखामा आँसु आएको थियो ।

छोरीको गर्भमा नै भु्रण हत्या गर्ने परम्पराको अन्त्य बुहारीलाई आफ्नो छोरी मानेर सोही अनुसारको व्यवहार गरे हट्ने विश्वास रिटायर्ड स्वास्थ्यकर्मी प्रेमाले राखेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot