Logo

‘नेतृत्वले निर्णय गरिसकेकाले राजधानी हेटौंडा रहला’



ठमाडौं, १५ पौष । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल प्रदेशको नामांकन र राजधानीको विषयमा निर्णयमा पुग्दैछन् । नेकपाले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि उक्त दलभित्र यस विषयमा विवाद चलेको छ । यसै सेरोफेरोमा पौडेलसँग ऋषि धमलाले गरेको कुराकानीः
तपाईं प्रदेश नं. ३ को कि बागमती प्रदेशको मुख्यमन्त्री ?
अहिलेसम्म प्रदेश नं. ३ कै मुख्यमन्त्री हो ।
तर, तपाईं पार्टीले त बागमती प्रदेश भनेर घोषणा गरियो नि प्रदेश नं. ३ लाई ?
त्यसले औपचारिकता पाइसकेको छैन । विधिसम्मत, विधानसम्मत र संविधानसम्मत नभइकन त्यसलाई बागमती प्रदेश भन्न मिल्दैन ।
नेकपाको सचिवालय बैठकले त प्रदेशको नाम ‘बागमती र राजधानी हेटौडा’ भनिसक्यो नि ?
त्यसलाई सबै प्रक्रिया पुर्याएर संसदले निर्णय गर्ने कुरा हो । त्यसैले संसद्ले निर्णय नगरिकन वैधानिक पाउँदैन ।
प्रदेशको नामाकरण र राजधानी तोक्न तपाईं निकम्मा हुनुभयो कि के हो ?
तपाईं जे भन्नुस् निकम्मा भने पनि मैले सर्वसम्मत निर्णय गराउन खोजेको हो । राजधानी तोक्ने कुरामा अत्यन्तै दीर्घकालीन प्रभाव पार्ने भएकाले सबैको सोच र विचार राखेर गर्नपर्छ । त्यसैले नेतृत्वको सल्लाह र विचारमा मात्रै गर्नुपर्छ भनेर मैले वेट गरेकै हो । नेतृत्वले निर्णय गरिसकेपछि रहने त त्यही होला ।
नेपाली कांग्रेसले त स्वागत गरिसकेको छ नि ?
नेपाली कांग्रेसकै प्रधानमन्त्रीत्वकालमा अस्थायी राजधानी त्यहाँ तोकेको हो । आपैmले लगेर राखेकाले उहाँहरुले स्वाभाविक रुपमा विरोध गर्ने कुरै आउँदैन ।
तपार्इं कै पार्टीका प्रदेश सांसद्हरुले चाहिं स्वागत गर्छन् ?
अहिले पनि केही–केही साथीहरुबाट असन्तुष्टि आइराखेका छन् । उहाँहरुले मन लागेका कुरा गर्न पाउनुभयो । खासगरी काभ्रेका साथीहरुको असहमति छ । अब पार्टीले निर्णय गरिसकेपछि कम्युनिस्ट पार्टीमा अबज्ञा गर्न निकै अप्ठ्यारो हुन्छ । अहिले आक्रोशमा आएर केही अभिव्यक्ति दिएपनि निर्णय सर्वसम्मत नै हुन्छ ।
त्यसोभए यो पार्टीको सर्वसम्मत निर्णय नै हो ?
यो पार्टीको तर्पmबाट यो सर्वसम्मत निर्णय नै हो ।
तपाईं पार्टी सचिवालय निर्णय स्वीकार गर्नुहुन्छ नि ?
म पार्टीको इमान्दार कार्यकर्ता उसले गरेको निर्णयलाई अवज्ञा गर्न सक्दिनँ ।
निर्णय गर्नुृअघि पार्टीका शीर्ष नेताहरुले छलफल गरेका थिए ?
यो विषय धेरै पटक छलफल भएको छ ।
तपाईंकै निर्देशन अनुसार पार्टीले निर्णय गरेको हो ?
मेरो निर्देशन पार्टीले मान्ने होइन, पार्टीको निर्देशन चाहीं हामीले मान्ने हो ।
तपाईंले शीर्ष नेताहरुलाई यसो गर्नुप¥यो भन्नुभयो होला नि ?
यसो त्यसो भन्नु भन्दा पनि अस्थायी राजधानी तोकिइसकेकाले र विकेन्द्रीकरणका हिसाबले पनि काठमाडौंमा राख्नुभन्दा त्यो नै वैज्ञानिकता हुन्छ भनेको हो

यसमा तपाईंको चाहना अनुसार सचिवालयको निर्णय आयो हो ?
त्यसो भन्दा फरक पर्दैन ।
हेटौंडा पायक परेन भन्ने धेरैको गुनासो छ नि ?
पायक, अपायक जे भएपनि राजधानी रहने एक ठाउँमा हो । हाम्रो प्रदेशमा १३ वटा जिल्ला छन् । ती सबै ठाउँमा राजधानी रहने कुरा भएन । पायक, अपायक भन्दा यसले पार्ने दूरगामी महत्व के हो भनेर बुझ्न जरुरी छ ।
बताउनुस् न त ?
काठमाडौंमा हुनुहुँदैन भन्नेमा मेरो सबैभन्दा ठूलो विरोध हो । काठमाडौंको जनसंख्यालाई घटाउनका लागि पनि उपयुक्त छैन । त्यसले मैले काठमाडौंभन्दा बाहिर हुनुपर्छ भनिएको हो । त्यसलाई अहिले सबैले स्वीकारेको महसुस गरेको छु ।
रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक लगायतका जनतालाई त पीडा छन् ?
काठमाडौं राजधानी हुँदा पनि पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका मान्छे आएकै हुन् । हेटौडा राजधानी हुँदा त्यस्तो त हुँदैन । त्यसमा फेरि हामी सुरुङ मार्ग बनाउँदै छौं । त्यसको लागि भीम फेदीदेखि हेटौडासम्म सुरुङ मार्गको लागि डीपीआर तयार गर्दैछौं । त्यो बनिसकेपछि हेटौडा–काठमाडौंको दूरी जम्मा डेढघण्टा हो ।
संघीयता भनेको जनताको सुविधाको लागि हो, तर उनीहरुलाई समस्या हुन्छ भने कसरी विकास भयो ?
जहाँ राजधानी छ, त्यहाँबाट मात्रै सबै सोलुसन निस्किन्छ भन्ने होइन । सबै मन्त्रालयका जिल्ला–जिल्लामै कार्यालयहरु छन् । धेरै काम त त्यहीबाट हुन्छन् । त्यसैले जनप्रतिनिधिबाहेक आमजनता त प्रदेश राजधानीमा जानुपर्ने कामै पर्दैन । केन्द्रीय राजधानी काडठमाडौंमा भएपनि आमजनाको नागरिकता लगायत काममा जानुपरेको छैन । त्यस्तै प्रदेशको पनि सबै जिल्लाहरुमा कार्यलयहरु छन् त्यहीबाट आमजनताको काम हुन्छ ।
प्रदेश नं. ३ केन्द्र निर्भर भयो होइन ?
कसरी ?
केन्द्रले जे भन्यो त्यही हुने भयो नि ?
त्यस्तो होइन । बहुदलीय व्यवस्थामा दललाई नस्वीकार्ने कुरा भएन । त्यसलाई स्वीकार गर्दा हामी कार्यकर्ताले नेताको निर्णय मान्नुपर्छ । फेरि यसमा धेरै बहस, छलफल भएर गरिएकाले यसमा आग्रह, पूर्वाग्रह छ भन्नुपर्ने अवस्था छैन ।
संघीयताको कुरा गर्दा केन्द्रले हामीलाई काम गर्न दिएन भनेर त तपाईंले पनि भन्नुभएको थियो नि ?
हिजो संक्रमणकाल थियो, सबै कुरा भन्नेबित्तिकै भएन । अब बिस्तारै सहज हुँदै आएको छ ।
बागमती प्रदेशको विकासको लागि के गर्दै हुनुहुन्छ ?
अरु प्रदेशको हिसाबले ३ नं. प्रदेश सम्पन्न छ । अहिले भएको होइन, विगतदेखि कै हिसावले सम्पन्न प्रदेश हो । अब यसलाई अझ समृद्ध कसरी बनाउने भन्ने हो । अहिले १३ वटै जिल्लालाई कसरी छोटो तरिकाले जोड्ने भनेर वृहत्तर अध्ययन गरिरहेका छौं ।
तपाईंको प्रदेशमा कर्मचारी समायोजन समस्या छ कि छैन ?
अहिले पनि कर्मचारीको संख्या ६०-६२ प्रतिशत मात्रै छ । त्यसैले ३८ प्रतिशत कर्मचारीको अभाव अहिले पनि छ । त्यसलाई परिपूर्ति गर्नका लागि हामीले लोकसेवा आयोगको गठन गरिसकेका छौं । त्यसले ६ महिनाभित्र परिपूर्ति गर्छ । त्यसकारण हामीले केन्द्रीय सरकारसँग पहल पनि गरेका छैनौं । केन्द्रबाट आएका कर्मचारीले स्थायी रुपमा काम गरेको पाइएन, त्यसलै प्रदेश सरकारले नै कर्मचारी लिने व्यवस्था गरेका छौं ।
प्रदेश नं. ३ मा भ्रष्टाचार अन्त्य हुन्छ ?
एकदमै मजाले गर्न सकिन्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot