Logo

१० वर्षसम्म पति पत्नी अन्धकारमा बसे



करोडको कारोबार, आलीशान बंगाला र पति पत्नी दुवैको हातमा डिग्री पासको सर्टिफिकेट हुँदा पनि एउटा परिवार अन्धकारमा बसेका छन् । उनीहरुको घरमा वत्ती, टिभी, फ्रिज छैन र उनको बच्चाहरु आजसम्म स्कुल गएका छैनन् । इन्दौर को स्रेहलतागंजमा बस्ने बडजात्या परिवारको यस्तो हाल भएको हो ।
फाँली ए फैमिली र शेयर्ड सायकोसिस नामको मनोवैज्ञानिक रोगबाट पिडित भएका बडजात्याको परिवार दश वर्ष यता बाहिर निस्केका छैनन् । उनीहरु सामान्य जीन्दगी जीउन कोशिश गरिरहेका छन् । आमाको कारण सम्भव हुन गइरहेको छ ।
समयमा ध्यान नदिएको कारणले सबै परिवार यो रोगको चपेटामा परिरहेका हुन् । यीनीहरुको तीन बच्चा छन् । उनीहरुको बच्चाहरु ९ वर्ष , ७ वषर््ा र एक वर्षका दुई छोराहरु छन् । १० वर्ष देखि छोरा, बुहारी, छोरी र नाती नातिना पनि यो रोगको संक्रमणमा परेका छन् । यी पिडित परिवार मनोचिकित्सकको सहयोगले ठिक हुने कोशिश गरिरहेका छन् ।

यीनीहरुको मार्बल्सको कारोबार राम्रै चलेको थियो । छोराको विवाहपछि सबैकुरा सामान्य नै चलिरहेको थियो । १० साल पहिला छोराको स्वभावमा परिवर्तन देखिन थाल्यो । रिस, शंका, चिडचिडापन र काममा ध्यान नदिने , सहने शक्तिमा कमी जस्ता समस्या देखिन थाले । विस्तारै विस्तारै सबैसंग सम्र्पक टुटु्दै गयो । उनकी आमा वीणाले बताएकी छिन् ।
आफ्नो छोरा अंकुरको स्वभावमा आएको परिवर्तनको कारण घरमा सबैक्ुरा लथालिगं हुँदै गएको जनाइएको छ । यो परिवारले भुत प्रेतको साया परेको भन्दै लाखौ रुपियाँ खर्च भएपनि कुनै फाइदा नभएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot