Logo

अन्धकार रेस्टुरेन्टमा दृष्टिविहिन वेटर



दृष्टिविहिन मानिसले यो दुनियाँमा के गर्न सक्छन् भन्नेलाई एउटा रेस्टुरेन्टले गतिलो जवाफ दिएको छ । छत्तीसगढको रायपुरको डायलाँग इन द डार्क रेस्टुरेन्टमा दृष्टिविहिनहरुले सेवा दिइरहेका छन् । यो रेस्टुरेन्टमा पुरै अध्यारो छ ।

यीनीहरुले छडी समातेर आवाजको साहारामा बांगो टिंगो बाटो खोज्दै ग्राहकहरुको सेवा गरिरहेका छन् । यहाँ ४५ मिनेटमा रेस्टुरेन्ट भित्र बनेको जंगल पार गरि पुलको सहाराले झरनाको आनन्द लिन पनि सकिन्छ ।

यी सबै पार गरेर रेस्टुरेन्टमा पुगी खाना अर्डर गर्न पनि सकिन्छ । यहाँ दृष्टिविहिन वेटरले खाना सर्व गर्दछन् । पैसा पनि अध्यारोमा नै दिन सकिन्छ ।

यो कम्पनिले आफ्ना कर्माचारीलाई गाइडको विशेष तालिम दिएको छ । यस्तो अनौठौ रेस्टुरेन्टको भित्र क्यामेरा, मोवाइल, पैसा आदी लैजान निषेध गरेको छ । यो रेस्टुरेन्टबाट मानिसले आफ्नो सुघ्ने क्षमता र स्पर्श गर्ने क्षमताको पनि जाँच गर्न सकिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot