Logo

नेपाल भ्रमण वर्ष–२०२०, कर्ण शाक्य र गणेशराज जोशीलाई किन सम्झिएन सरकारले



उद्घाटनको नाममा करोडौं फजुल खर्च हुँदै

काठमाडौं, १६ पुष । आजबाट नेपाल भ्रमण वर्ष–२०२० को भव्य शुभारम्भ भएको छ । देशका विभिन्न पर्यटकीय गन्तव्यबाट भ्रमण वर्षलाई विशेष स्वागत गरिएको छ । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ शुरु भएको नेपाल भ्रमण वर्षलाई सफल पार्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले भ्रमण वर्ष वर्ष सफल तुल्याउनको लागि सबै उपाय अपनाउनको लागि मातहतका कर्मचारीलाई निर्देशन दिँदै आएका छन् । भ्रमण वर्षको भव्य उद्घाटन अहिले केही बेरमै दशरथ रंगशालामा हुँदैछ । त्यसको लागि मात्रै सरकारले ५ करोड बराबरीमा खर्च गर्न लागेको छ । तर, उक्त खर्च फजुलमै हुने पनि टिकाटिप्पणी भैरहेको छ ।

भ्रमण वर्ष सफल तुल्याउनको लागि सरकारले आवश्यक गृहकार्य नगरेको पूर्व पर्यटनमन्त्रीहरुले नै आलोचना गर्ने गरेका छन् । पूर्व पर्यटनमन्त्री दिलनाथ गिरीले त सरकारले आवश्यक गृहकार्य नै नगरेको आरोप लगाएका थिए । क्लबको साक्षात्कारमा बोल्दै उनले सरकारले नेपालमा धेरै हल्ला खल्ला गरेको तर विदेशमा भ्रमण वर्षको प्रचारप्रसार नगरेको गुनासो पोखेका थिए ।

कतिसम्म भने नेपाल भ्रमण वर्ष २०११ मा मुख्य भूमिकामा रहेका पर्यटन व्यवसायी कर्ण शाक्य र तत्कालिन सचिव गणेशराज जोशीलाई वर्तमान सरकारले सम्झिएन् । २०११ मा नेपालमा विदेशी पर्यटक धेरै ठूलो संख्यामा आएका थिए । त्यसको जश पनि उनीहरुद्धय शाक्य र जोशीलाई जाने गरेको छ । वर्तमान पर्यटनमन्त्री भट्टराईले शाक्य र जोशीलाई सम्झिँदापनि सम्झिएनन् ।
सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० आजदेखि शुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot