Logo

लामो आयु बढाउने टिप्स दिइरहँदा प्रशिक्षकको मुत्यु (भिडियो सहित)



मानिस कसरी लामो आयु जिउन सक्छ भनी टिप्स दिइरहेका एकजना प्रशिक्षकको मृत्यु भएको छ । त्यो पनि प्रशिक्षण दिइरहँदा स्टेजमै ।

घटना चीनको हो । ती व्यक्ति प्रशिक्षण दिइरहँदा स्टेजमा नै ढलेका थिए । ग्वाङडोङस्थित चिनियाँ स्वास्थ्य कम्पनि जोङी अ‍ेल्थ एन्ड टेक्नोलोजी कम्पनिका संस्थापक ६५ वर्षिय चेन पिवी कम्पनीको एक कार्यक्रममा स्वास्थ्य सम्बन्धि सुझावहरु दिइरहेका बेला ढलेपछि घटनास्थलमै मृत घोषित भए ।

पिवीले मानिस कसरी स्वस्थ्य हुने र कसरी लामो समयसम्म बाँच्ने भन्ने विषयमा त्यहाँ उपस्थित मानिसहरुलाई प्रशिक्षण दिइरहेका थिए । प्रशिक्षण दिने क्रममा स्टेजमा नै लडेर उनको मुत्यु भएको हो । उक्त घटनाको भिडियो सार्वजनिक भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्