Logo

अब कांग्रेसमा नयाँ नेतृत्व आउँछ : रिजाल (भिडियोसहित)



काठमाडौं, ६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले पार्टीमा अब नयाँ नेतृत्व आउनुपर्ने दाबी गरेका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले यस्तो आवश्यकत्ता औंल्याएका हुन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका नसार्ने बरु अरु कुरामा लचकता अपनाउन सकिने धारणा राखेको पनि सुनाए ।

उनले सभापति देउवाले गरेका निर्णयका कारण आफूहरु असन्तुष्ट बनेको पनि सुनाए । ‘अब मिलेर जान्छौं भनेको मतलब उहाँले गरेका निर्णय मान्छौं भनेको होईन, उहाँले सबैको चित्त बुझाएर अघि बढ्नुपर्छ । हामीले देखेको बाटोमा सभापतिलाई लिएर हिँड्ुन सकिन्छ।’–उनले भने । उनले पार्टीको आगामी महाधिवेशन २०७७ को दशैं र तिहारको बिचमा गर्नुपर्ने आफूहरुको प्रस्ताव रहेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्