Logo

तालामाराङ बजारमा आगलागी



मेलम्ची, ६ माघ : मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आज बिहान अगलागी हुँदा करिब रु २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताएका छन्।

ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ । त्यस्तै पसलको सामान नष्ट भएको पीडित तामाङले जानकारी दिए । आगो प्रहरी र स्थानीयवासीको सहयोगबाट नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot