Logo

नवनिर्वाचित सभामुख सापकोटाले लिए सपथ



काठमाडौं, १३ माघ । प्रतिनिधिसभाका सभामुखमा नवनिर्वाचित अग्नि प्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन्। सोमबार राष्ट्रपति कार्यालय शितलनिवासका आयोजित सपथ ग्रहण समारोहमा राष्ट्रपति भण्डारीले सापकोटालाई सपथ खुवाएकी हुन्।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, नेकपा नेताहरू उपस्थित छन्। सापकोटा प्रतिनिधिसभाबाट आइतबार सर्वसम्मतले सभामुख निर्वाचित भएका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot