Logo

नेविसंघ नेताहरुले बनाए कांग्रेस कार्यालयलाई रणभूमि(भिडियोसहित)



माघ १३, काठमाण्डौ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ भित्रको विवादले उग्र रुप लिएको छ । सोमबार पार्टी कार्यलय सानेपामा नेविसंघका दुइपक्षविच कुटाकुासम्मको स्थिती देखा प¥यो । नेविसंघको विधानमा भएको ३२ वर्षे उमेरहद लागु गराउनुपर्छ भन्ने र नेतृत्वले जे गर्यो ठीकै गर्यो भन्ने दुई पक्षबीच झगडा भएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका दुई पक्षबीच झडप भएको छ । सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुग्दा विधान अनुरुप नेविसंघको तदर्थ समिति बनाउन माग गर्दै अनशन बसेका विद्यार्थीहरुले रोक्न खोजेपछि झडप भएको हो । बैठक बस्नका लागि सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुगेपछि भएको विवादले उग्र रुप लिँदा हात हालाहाला भएको हो । ४१ दिन देखि रिलेअनशनमा बसेका विद्यार्थीहरुले विधान विपरित नेविसंघको तदर्थ समिति गठन गर्न खोजिएको भन्दै देउवाविरुद्ध नाराबाजी गरेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधरका मानिने नेविसंघका केही नेताहरु ४१ दिनदेखि नेविसंघको नेतृत्व ३२ बर्ष मुनिबाट चयन गर्नुपर्ने लगायतका मागहरु राख्दै रिले अनशन बस्दै आइरहेका छन । रिलेअनशनमा बसेका विद्यार्थीहरुले सभापति देउवा विरुद्ध नाराबाजी गरेपछि दुइपक्षविच केहीबेर झडप भएको हो । झडपमा २ जना विद्यार्थी नेता घाइते समेत भए ।

https://youtu.be/EqtEacifb4o

गत शुक्रबार सभापति देउवा निवासमा सभापति देउवासहित बरिष्ठ नेता पौडेल र सिटौलाबीच नेविसंघको तदर्थ समिति बनाउने सहमती भएको थियो । सहमति अनुसार देउवाले आफू निकट राजिव ढुं्गानालाई तर्दथ समितिको नेतृत्व दिने तयारी गरे । ढुंगाना करिब ५० वर्षका नेता हुन् । तर नेविसंघको विधानमा ३२ वर्षभन्दा माथिकालाई नेविसंघमा ल्याउन नपाइने उल्लेख छ । पार्टी नेतृत्व विधान विपरित गएपछि असन्तुष्ट पक्षले नेतृत्वलाई खबरदारी गरेको हो । खबरदारी गर्ने कुन्दनराज काफ्ले र नेतृत्वले जे गरे पनि ठिकै हो भन्ने पक्षबीचको लडाइले उग्र रुप लिएको हो । काफ्ले पक्षधन विद्यार्थी नेताहरुले ३२ बर्षे उमेरहद लागु नभए आत्मदाह गर्ने सम्मको चेतावनी दिएका छन ।

नेविसंघ नेतृत्वविहिन भएको १ बर्ष बितिसक्यो । यही विवादकै कारण पार्टीले समेत नेतृत्व चुन्न नसक्दा गत माघमा नेविसंघका तत्कालिन अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका थिए । त्यस यता यस विषयले पार्टीको केन्द्रिय समितिको बैठकमा समेत पटक–पटक कुरा उठेपनि नेताहरुमा भागबण्डा नमिलेका कारण सहमती हुन सकेको थिएन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot