Logo

७६ वर्षीय वृद्धद्धारा १७ वर्षीया बलात्कृत



मकवानपुर, २० माघ । १७ वर्षीया किशोरीलाई ७६ वर्षीय वृद्धले बलात्कार गरेका छन् । घटनाको जानकारी पाएलगत्तै प्रहरीले वृद्धलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जबरजस्ती करणी उद्योग गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका(६ न्युरेनी बस्ने ७६ वर्षीय गंगाराम श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot