Logo

महराविरुद्वको मुद्दाबारे फैसला आज



काठमाडौं, फागुन ५ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे आइतबार भएको अन्तिम सुनुवाईमा आज फैसला हदै छ ।

काठमाडौं जिल्ला अदालतले महराविरुद्धको मुद्दाबारे आइतबार गरेको बहसमा महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले बहस गरेका थिए ।

जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार महरामाथि लागेको अभियोगबारे आइतबार समय अभावले फैसला हुन नसकेपनि आज फैसला आउन सक्ने छ । आइतबार समय अभावले मुद्दा हेर्दाहेर्दैमा राखिएको समेत उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot