Logo

कांग्रेसको माग : मन्त्री बाँस्कोटालाई तुरुन्तै बर्खास्त गर



काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको राजीनामा माग गरेको छ । त्यतिमात्रै होईन, मन्त्री बाँस्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्नपनि माग गरेको छ ।

बास्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि एक एजेन्टसँग अश्लिल संवाद गर्दै कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएलगत्तै कांग्रेसले विज्ञप्ति जारी गरेर मन्त्रीको बर्खास्ती र छानबिन माग गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘सेक्युरिटी प्रिन्टिङ खरिद तयारीसँगै ठूलो रकम अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गे्निङ गरेको अडियो सार्वजनिक भएपश्चात यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot