Logo

कोरीयामा रहेका अमेरिकै सैनिकमा कोरोनाको संक्रमण



सोल, फागुन १४ । दक्षिण कोरियामा रहेका एक अमेरिकी सैनिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दक्षिण कोरियामा रहेको युनाइटेड स्टेड फोर्सेजमा कार्यरत एक जना अमेरिकी सैनिकमा कोरोनाको संक्रमण देखिएको यूएसएफकेको जनसम्पर्क विभागले जानकारी दिएको छ ।

दक्षिण कोरियाको क्याम्प क्यारोलमा रहेका २३ वर्षीय सैनिकलाई कोरोना संक्रमण देखिएको हो। यूएसएफके र कोरिया रोग नियन्त्रण तथा रोकथाम केन्द्रका स्वास्थ्यकर्मीहरुले उनको स्वास्थ्य क्याम्पमा रहेका अन्य सैनिकमा संक्रमण भएको नभएको जाँच गरिरहेका छन्। कोरियाली प्रायद्वीपमा रहेका अमेरिकी सेनामा संक्रमण नहोस् भनेर पूर्ण रुपमा सावधानी अपनाइएको यूएसएफकेले जनाएको छ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्