Logo

अर्थमन्त्री खतिवडाको पुत्ला जलाउँदा बाबुराम भट्टराई दंग, दिए बधाई



काठमाडौं, १९ फागुन । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई आफ्नो पार्टीको भातृ संठन समाजवादी विद्यार्थी युनियनले अर्थमन्त्रीको पुत्ला जलाएकोमा खुशी हुँदै विद्यार्थीहरुलाई बधाई दिएका छन् । उनले नयाँ पत्रिका अनलाईनमा प्रकाशित “समाजवादी विद्यार्थी युनियनले अर्थमन्त्रीको पुत्ला जलायो” शीर्षकको समाचार शेयर गर्दै फेशबुकमा लेखेका छन्, वैकल्पिक राजनीति भनेकै सबै खाले बेठीक,असत्य,अन्याय विरूद्ध निरन्तर संघर्ष हो१ संघर्षशील युवाविद्यार्थीहरूलाई वधाइ !

यसअघि समाजवादी विद्यार्थी युनियनले पृथ्वीनारायण क्याम्पस पोखरामा अर्थमन्त्री युवराज खतिवडाको पुत्ला जलाएको थियो । पुस्तक र पेट्रोलियम पदार्थमा कर बढाइएको तर ठूला व्यापारिक घरानालाई कर मिनाहा गरिएको भन्दै विरोधस्वरुप पिएन क्याम्पस गेटमा प्रदर्शन गर्दै सोमबार पुत्ला जलाएको थियो ।

उक्त विद्यार्थी संगठनले पेट्रोल र किताबमा कर लगाउने सरकारले एनसेल जस्ता अत्यधिक मुनाफा कमाउने निजी कम्पनीसँग किन कर उठाउन सकेन भन्दै प्रश्न गरेको छ । त्यतिमात्रै होईन, विद्यार्थी नेताहरुले भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा समेत मागेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot