Logo

जेलमा कोचाकोच राखिएका कैदीलाई कोरोनाबाट जोगाउनुपर्दैन ?



फागुन २४, काठमाण्डौ । सबैतिर कोरोना भाइरसको त्रास छ । भाइरसबाट जोगिनका लागि वा जोखिम कम गर्नका लागि सभा सम्मेलन तथा धेरै भिडभाड हुने कार्यक्रमहरु धमाधम स्थगित भइरेको छ । विद्यालयदेखि चलचित्र भवनसम्म सबैको ध्यान गएको छ । खेलकूद कार्यक्रम पनि स्थगित गरिएको छ । तर धेरैलाई एकै ठाउँमा कोचाकोच गरेर राखिएको जेलमा रहेको कैदीहरुको बारेमा भने कसैले पनि ध्यान दिएका छैनन् ।

नेपालमा अहिले कोरोना भाइरसको संक्रमण पुष्टि त भएको छैन । यसको अर्थ नेपालीमा कोरोना भाइरसको संक्रमण नै नभएको पनि हुन सक्छ या भएर पनि हामीले थाहा नपाएका हुनसक्छौं किनभने हामीले गम्भीरताका साथ परीक्षण गरेका छैनौं। सरकारले विभिन्न भिडभाड हुने ठाउँहरु, अस्पताल, सार्वजानिक स्थल, विमानस्थल, सिनेमा हल लगायतका ठाउंहरुमा कोरोनाबाट बच्न केही साधारण सर्ककता अपनाएको पाइएपनि त्यो पर्याप्त देखिएको छैन ।

अहिले पनि सिनेमा हल, विमानस्थलहरुमा मानिसहरुको बाक्लै उपस्थिती देख्न सकिन्छ । सरकारले मानिसहरुको धेरै भिडभाड हुने ठाउंहरुमा कोरोना भाइरसबाट बच्न विभिन्न चेनामुलक सन्देशहरु प्रभाव गरिरहंदा त्यस्तै भिडभाड हुने जेल र त्यसभित्र रहने सयौं कैदीबन्दीहरुको बारे भने अहिलेसम्म कुनै सतर्कता अपनाएको देखिएको छैन ।

नेपालका विभिन्न जेलहरुमा अहिले पनि क्षमता भन्दा दोब्बर तेब्बर कैदीबन्दीहरु एकै ठाउंमा रहनुपर्ने अवस्था छ । तर ति ठाउँहरुमा कोही एकजनामा कोरोना भाइरसको संक्रमण भयो भने त्यसले लिने विकराल रुपबारे कल्पनै गर्न सकिन्न । सरकारले यसतर्फ ध्यान नदिदै गर्दा चिकित्साकीय हिसावले सावधानी भने अपनाउन सकिने चिकित्सकहरुले सुझाव दिएका छन ।

नेपालको ७२ जिल्लामा रहेको कारागारमा क्षमता भन्दा २ गुण कैदीबन्दी रहेका छन । अन्तर्राष्ट्रिय मापदन्डअनुसार कैदीहरुलाई वर्गिकरण गरेर बेग्ला बेग्लै राख्ने चलन छ। तर नेपालमा त्यो अवस्था छैन । किनभने त्यस अनुसारको साधन स्रोत हामीसँग छैन ।

४ सय क्षमता भएको जेलमा १३ सय सम्म केदीबन्दीहरु राखिएको छ । आर्थिक बर्ष २०७४–७५ को असार मसान्त सम्मको तथ्याङ्लाई हेर्ने हो भने पनि ७४ कारागारमा २३ हजार ४ सय ३ जना कैदीबन्दी रहेको छ । यसरी सवै प्रकारको कैदीबन्दी एकै ठाउंमा राखिनुले विभिन्न रोग लाग्न सक्ने खतरा देखिन्छ । आर्थिक बर्ष २०७४–७५ को असार मसान्त सम्मको तथ्याङलाई हेर्ने हो भने ७४ कारागारमा २३ हजार ४ सय ३ जना कैदीबन्दी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot