Logo

घानामा कारोनाको पहिलो केस पुष्टि



एजेन्सी, ३० फागुन । कोरोनाको दुई केस घानामा पुष्टि भएको छ । डेली ग्राफीक पत्रिकाको रिपोर्टले शुक्रबार घानामा पहिलो केस दर्ता भएको पुष्टि गरेको हो । घानामा देखा परेको दुई कोरोना संक्रमित व्यक्तिहरु नर्वे र टर्किको भ्रमणबाट आएको जनाइएको छ । दुवै मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।

चीनको वुहान शहरुबाट फैलिएको कोरोना भाइरसले रुस लगायत सय देशहरुमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई विश्व स्वास्थ्य आपतकालिन घोषणा समेत गरिसकेको छ । चीनबाहेक दक्षिण कोरिया, इरान र इटलीमा उक्त भाइरसको संक्रमण अत्यउाधिक देखा परेको छ । विश्वभर भाइरसको संक्रमणबाट एक लाख ३५ हजार मानिसहरु प्रभावित भएका छन् भने भाइरसको संक्रमणबाट मूत्यु हुनेको संख्या चार हजार तीन सय पुगेको तथ्यांक छ । Photo Source : NBC



प्रतिक्रिया दिनुहोस्

Screenshot