Logo

यो युद्ध जस्तै हो, पहिलो घेरामा रहनुभएका चिकित्सकहरुको आवश्यकता प्राथमिकतामा-प्रधानमन्त्रीका सल्लाहकार रिमाल



काठमाडौं, १४ चैत्र। प्रधामन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कोरोना भाइरसको संक्रमणलाई युद्धको जस्तै अवस्था भनेका छन् । उनले यस अवस्थामा पहिलो घेरामा चिकित्सकहरु भएकाले उनीहरुको आवश्यकता प्राथमिकतामा राखिएको बताए ।

‘यो युद्धको जस्तै अवस्था हो,’ रेडियो एनआरएनको नेपाली बहसमा ऋषि धमलासँग रिमालले भने, ‘पहिलो घेरामा रहनुभएका चिकित्सकहरुको आवश्यकता प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको छ ।’ चिकित्सकहरुलाई आवश्यक औजार उपलब्ध गराउन सरकारले तत्काल काम थालेको समेत बताए ।

रिमालले चिकित्सकको अवस्यकतालाई पहिलो प्राथमिकता नराख्ने हो भने यो कोरोना भाइरसको महामारीबाट कसैलाई पनि जोगाउन नसकिने तर्क गरे । अहिले धेरै रोगीहरु आएका भएपनि रोग धेरै आएको अवस्था छैन भन्दै सरकारले पनि चिकित्सकको सल्लाहमा नै पर्ख र हेर को अवस्थामा काम गरिरहेको बताए ।

लकडाउन जनताकै लागि भएको र यसको पालना पनि जनताले नै आफ्नो सुरक्षाको लागि गर्नुपर्ने उनको भनाई थियो । सरकार सवै जनताका सवै खाले समस्या पुरा गर्न तयार भएर बसेको भएपनि सवैका सवै समस्या एकै पटक स्वीच दवाएर गर्न नसकिने भएकाले विस्तारै हुँदै जाने बताए ।

उनले भने,’सवैका सवै समस्या एकैपटक स्वीच दवाएर पुरा हुदैन । यो संक्रमणले एक व्यक्तिबाट ५९ हजार सम्मलाई सार्न सक्छ रे । उच्चस्तरिय समिति र कर्मचारीहरुको एक्सन व्युरो कमिटी पनि छ उनिहरु काम गरिरहेका छन् । समिति र एक्सन व्युरो कमिटीलाई हामी सवैले साथ दिएर अगाडी बढौँ । सवै भन्दा सचेत जनता नै हुनपर्छ । यो अवस्थामा सरकार मात्र सचेत भएर पुग्दैन ।’

अहिलेका जुन जुन टिमले जे जे काम गरिरहेका छन् त्यसलाई सवैले सहयोग गर्नुपर्छ भन्दै रिमालले अहिले भएका सामाग्रीबाट चलाउदै जानुपने र केहिदिन भित्र चिकित्सकीय सामान अभाव नहुने बताए । उनले अहिले नेपाल कुनैपनि सामान शुन्य भएको अवस्थामा नरहेको दावी गर्दै अहिले सर्तकता अपनाउने र पछि आइलागेको अवस्थाका लागि सरकारले तयारी गरिरहेको बताए ।

रिमालले भने,यो महामारी हो सवै नमिलिकन सकिदैन । राज्यमा भएको पैसा जनतामा खर्च गर्ने हो । सरकारले सकेन भनेपनि जनता जनताले उठाएर पनि गर्नुपर्छ । माहामारी र भोकमरीबाट जोगाउनु अहिलेको मुल समस्या हो । यो विषयमा निर्णयमा बसेका मान्छेहरुले सोचेका छन् र गर्छन । फ्रण्ट लाईना भएकाहरुलाई सरकारले सोच्छ । अहिले एकजना कसैको विषय हैन मुलुकको विषय हो ।



प्रतिक्रिया दिनुहोस्