Logo

लकडाउनमा भोका कुकुरलाई बिस्कुट खुवाउँदै ऋषि धमला (फोटोफिचर)



काठमाडौं, १८ चैत्र । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले लकडाउनमा भोकै रहेका भृकुटीमण्डप कम्पाउण्डभित्र रहेका दर्जन बढि कुकुरलाई बिस्कुट खुवाएका छन् । लकडाउन सुरु भएको दिनदेखि ती कुकुर भोकै रहेको खबर पाएपछि पत्रकार धमला आज झोलाभरि बिस्कुट बोकेर त्यहाँ पुगेका थिए । उनले सबै कुकुरलाई बिस्कुट बाँडेका थिए ।

भृकुटीमण्डपका मात्रै नभएर लकडाउनपछि कुकुर, बाँदरहरु भोकै रहेका समाचार आउन थालेका छन् । कोरोनाको त्रासका कारण सरकारले यही चैत्र २५ गते राति १२ बजेसम्म लकडाउन लगाएको छ । लकडाउनको आदेश आम नागरिकले पूर्ण रुपमा कार्यान्वयन गरेका छन् । अत्यावश्यक कामबाहेकका नागरिक कोही पनि घरबाहिर निस्किएका छैनन् । सरकारले आम नागरिकलाई खाद्यान्नको कुनैपनि अभाव हुन नदिने बताईसकेको छ । सरकारले आफ्नो मेकानिज्म प्रयोग गरेर घरघरमै आवश्यक खाद्यान्न डेलिभरी गरिरहेको छ ।

तर, घरपालुवा पशु, मन्दिर तथा पार्क परिसरमा रहेका कुकुर, बाँदर तथा अन्य चौपाया भने लकडाउनको समयमा भोकभोकै रहेका छन् । मानवीय चहलपहल कम भएपछि ती पशु तथा चौपाया भोकै छन् । लकडाउनका कारण भृकुटीमण्डप पनि अहिले बन्द छ । लकडाउनअघि यहाँ ठूलो मानवीय जमघट हुने गर्दथ्यो । विहान मर्निंग वाकमा आउनेहरुले कुकुरका लागि खानेकुरा खुवाउने गर्दथे । अहिले यस कम्पाउण्डभित्रका सयौं कुकुरहरु भोकभोकै दिन काट्न बाध्य भएका छन् । तस्विर :अमृत अंकित



प्रतिक्रिया दिनुहोस्

Screenshot