Logo

आकस्मिक सेवा नरोक्न निर्देशन



काठमाडौँ, १९ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सार्वजनिक तथा सरकारी अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा नरोक्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारी, निजी तथा सामुदायिक अस्पताललाई आकस्मिक सेवा दिई बिरामीको उपचार गर्न निर्देशन दिएका छन् । उनले औषधि उपचार गर्न निर्देशन दिएको हो । कोरोना भाइरसको शङ्कामा अस्पतालले बिरामी फर्काइरहेको बेला यस्तो निर्देशन दिइएको हो ।
उनले अस्पतालमा उच्च ज्वरोका बिरामी जाँदा उपचार नगरेर मृत्यु भएको भन्ने समाचार बाहिर आएकाले ज्वरो लगायतका समस्या लिएर आउने बिरामीलाई उपचार गर्न निर्देशन दिएका छन् ।

डा. कार्कीले अस्पतालले ज्वरोका बिरामीलाई कोरोनाको आशङ्कामा उपचार नगरेको भन्ने खबर आएको छ । आशङ्काको भरमा बिरामीको उपचार नगर्दा विभिन्न रोगबाट पीडित बिरामीको मृत्यु हुने सम्भावना हुन्छ भनेका छन् । उनले अस्पताललाई चाहिने आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराएका छौँ, त्यसैले ज्वरोको बिरामीको स्वास्थ्य परीक्षण नगरी मर्ने स्थितिमा नपु¥याउका लागि भनेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot