Logo

उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै, मेडिकल सामग्री खरिदमा भएको भ्रष्टाचारबारे छलफल हुने



काठमाडौं, २० चैत्र । कोभिड-१९ रोकथाम तथा नियन्त्रणको लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दैछ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उक्त समितिको बैठकमा लकडाउनको प्रभावकारी कार्यान्वयन, आपूर्ति सहजतालगायतका विषयमा छलफल हुने भएको छ । यसका साथै, चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार भएको दाबीसहित मिडियामा समाचार आएपछि हिजो स्वास्थ्य सेवा विभागले खरिद सम्झौता नै रद्द गरेपछि उत्पन्न परिस्थितिबारे पनि छलफल हुने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

मेडिकल सामग्री खरिदमा अनियमितता भएको समाचार आएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पनि हिजो छलफल भएको थियो । कतिपय मिडियाले त प्रधानमन्त्री ओलीको ठाडो आदेशमा नै उक्त सम्झौता रद्द भएको भनेर समेत समाचार लेखेका छन् । सम्झौता रद्दसँगै मेडिकल सामग्री ल्याउन ओम्नीको ५ करोड धरौटी नै जफत भएको छ ।



प्रतिक्रिया दिनुहोस्