Logo

नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित नथपिएको स्पष्ट, पाँचजना उपचाररत



काठमाडौं, २१ चैत्र । देशमा कोरोना भाइरसको संक्रमित छजनाबाट नबढेको स्पष्ट भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सातौं संक्रमित नभेटिएको स्पष्ट पारेका हुन्। आज मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै उनले हालसम्म छ जना संक्रमितमध्ये पाँचजनाको उपचार भइरहेको बताए । दुईजना टेकु, बाग्लुङमा २ र धनगढीमा एकजनाको उपचार भइरहेको बताए ।

हालसम्म १२ सय ७७ को नमूना परीक्षण भएकोमो छ जनामा संक्रमण भेटिएको जानकारी दिदै डा. देवकोटाले भने, ‘छ जनामध्ये पाँचजनाको उपचार भइरहेको छ र एकजना निको भई घर फर्किनुभएको छ ।’ उनले १२० जना आइशोलेशनमा रहेकोमध्ये उपत्यकामा १५ र उपत्यकाबाहिर १०५ रहेको बताए ।

छैठौं संक्रमित सम्पर्कमा आएकाहरुको पहिचान र परीक्षण शुरु भएको उनले बताए । देशभित्र धरान, पोखरा, हेटौंडा, जनकपुर, सुर्खेत र धनगढीमा परीक्षण भइरहेको र बुटवलमा उपकरण जडान कार्य भइरहेको बताए । हालसम्म १२ सय ७७ परीक्षण भइरहेको समेत बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot